काठमाडौं । दक्षिण कोरियामा भीषण वर्षापछि आएको बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ र हजारौं विस्थापित भएका छन् । तीन दिनसम्म लगातार परेको भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरो, विद्युत अवरुद्ध र कतिपय भौतिक पूर्वाधार क्षति भएका छन् ।
आज सबेरै मध्यउत्तरी क्षेत्रको चुङचेओङ प्रदेशस्थित एक बाँध भरिएर पानी खसेको थियो । प्रधानमन्त्री हान डक सुले सेनालाई उद्दार कार्यमा सहायता गर्न निर्देशन दिएका छन् । त्यहाँ १० जना हराइरहेका छन् भने अरु धेरै घाइते भएका कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ ।
हजारौं नागरिक स्थानीय सरकारको निर्देशनपछि घर खाली गरेर सुरक्षित स्थानतर्फ गएका छन् । शनिबार विहान साढे ६ बजे गोयसान बाँध भरिएर पानी खस्न थालेपछि ६ हजार ४०० जनाले निवास छाडेका योनहापले उल्लेख गरेको छ ।
बाँध नजिकैका वस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ । कोरियाको रेल सेवा प्रदायक कोरेलले सुस्त गतिका सबै रेलसेवा बन्द गरेको छ भने केही बुलेट ट्रेन सेवा पनि रोकेको छ ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend