Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको सचिवालय बैठक जारी


    शनिबार, असार ३० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले)को सचिवालय बैठक सुरू भएको छ।

    एमालेको मुख्यालय च्यासलमा दिउँसो साढे १ बजे सचिवालय बैठक सुरू भएको हो।

    उक्त बैठक समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनात्मक कामको अवस्था, अभियानको विषयमा छलफल हुने उपाध्यक्ष सुवास नेम्वाङले जानकारी गराएका छन्।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार र बिहीबार उपाध्यक्षहरूसँग छलफल गरेका थिए। विभागीय कामहरूको संयोजन गरिरहेका उपाध्यक्षहरूसँगको छलफलकै आधारमा कार्यसूची तय हुने नेम्वाङले बताए।

    ‘पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुन्छ। उपाध्यक्षहरूले आफूले जिम्मा पाएका विभागहरूको कामको ब्रिफिङ गर्नुभएको छ। केहीले भ्याउनुभएको थियो। आज उहाँहरूले ब्रिफिङ गर्ने, त्यसमाथि पनि छलफल हुन्छ,’ उनले भनेका थिए।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार