Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनुसन्धानमा हस्तक्षेप गर्दैनौं, दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री


    शनिबार, असार ३० २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप नभएको स्पष्ट पारेका छन् ।

    तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको बताउँदै उनले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताएका हुन् ।

    चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै श्रेष्ठले भने, ‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं । हामी त्यस्तो कुरा गर्दैनौं । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईंहरू काम गर्नुस् भनेका छौं । प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’

    कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने उनले बताए । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको बताए ।

    साथै, गृहमन्त्री श्रेष्ठले मिटरव्याज पीडितलाई न्याय दिने काम पनि नरोकिएको बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार