Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ०४८ सालदेखि ५१ सम्म कम्तिमा ५० पटक गिरफ्तारमा परे : अध्यक्ष ओली


    शुक्रबार, असार २९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०४९ सालदेखि ५१ सालसम्म कम्तिमा ५० पटक गिरफ्तारमा परेको बताएका छन्।

    आज बानेश्वरस्थित् अल्फाबिटामा मानवअधिकार एलायन्सको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०४९ सालदेखि ५१ सालसम्म पञ्चायत ढलेको बेलामा कम्तिमा ५० पटक गिरफ्तारमा परेको दाबी गरेका छन्।

    उनले भने, ‘०४८ सालदेखि ५१ सालसम्म पञ्चायत ढलेको बेलामा म प्रतिपक्ष दलको एउटा सांसद थिएँ। कम्तिमा ५० पटक तीन वर्षको बीचमा म गिरफ्तारमा परेँ। कम्तिमा ५० पटक। शान्तिपूर्ण जुलुसमा सडकमा देखिन नहुने आयो च्याप्प समायो भ्यानमा कोचकाच पारेर लगिहाल्छ। मनमोहन अधिकारी पिटिनुभयो। वामदेव गौतमलाई भद्रकालीको छेउमा छेकेर सरकारले पिट्यो सडकमा।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार