काठमाडौँ। लम्पी स्किन रोगबारे संसद्लाई जानकारी गराउन सभामुख देवराज घिमिरेले सरकारलाई रूलिङ गरेका छन्।
प्रतिनिधि सभामा आज पनि सांसदहरूले लम्पी स्किन रोगबाट २७ हजार पशुचौपाया मरेको भन्दै विभिन्न कुरा उठाएका थिए।
त्यसपछि सभामुख घिमिरेले सम्बन्धित मन्त्रीलाई यससम्बन्धमा स्पष्ट पार्न र सरकारले रोगको रोकथामको लागि गरेका कार्यहरूको बारेमा सदनलाई जानकारी गराउन रूलिङ गरेका हुन्।
‘लम्पी स्किन भन्ने रोगको सन्दर्भमा विगतका बैठकहरूदेखि आजका बैठकमा पनि माननीय सदस्यहरूबाट कुरा उठिरहेको छ।
यससम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोकथामको लागि गरेका कार्यहरूको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई म निर्देषित गर्छु,’ उनले शुक्रबारको बैठकमा भने।
शुक्रबारको बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले पशुचौपायामा संक्रामक ढंगले फैलिइरहेको लम्पी स्किनप्रति सरकार उदासीन रहेको बताएका थिए।
सांसद गिरीले ८ लाख पशुचौपायामा फैलिएको र २७ हजार पशुचौपाया मरिसक्दा पनि सरकारले रोकथामका लागि पहल गर्न नसकेको बताएका थिए।
‘रोपाइँको बेला छ। गोरूहरू बिरामी भएकाले खेत बाँझै छ। ४ महिनायता फैलिएको लम्पी स्किनले किसानहरू रोइरहेका छन्। पीडाको आहालमा छन्,’ उनले बैठकमा भने, ‘बेलैमा रोकथाम नगर्ने हो भने २५ लाख पशुचौपाया संक्रमित हुने र १ लाख पशु मर्ने विज्ञहरूले बताइरहेका छन्।’
उनले सरकारले अहिलेसम्म २ लाख २२ हजार पशुलाई मात्रै खोप लगाएको र खोपको परिमाण अपर्याप्त रहेको बताए।
त्यस्तै उनले खोप लगाउने कार्य सुस्त भएको पनि बताए।
‘अहिलेसम्म ३७ अर्ब बराबरको क्षति भएको छ। जसरी सरकारले गम्भीरता देखाउनुपर्थ्यो, सकेन। विभागले बजेट छैन भनेर भनिरहेको छ। कार्यालयका हाकिमहरूले बजेटै नभएको बताइरहेका छन्,’ उनले भने, ‘निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रकमान्तर गरेर भए पनि राहत दिनुपर्यो।’
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend