Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमरेश सिंहले संसदमा भने: भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही होस्


    शुक्रबार, असार २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै अमरेश कुमार सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्न माग गरेका छन् ।

    उनले भने, ‘नक्कली भुटानी शरणार्थी केशमा निर्णय गर्नेलाई समातिएन् । मन्त्रिपरिषदको निर्णय हो । मन्त्रिपरषदबाट निर्णय गर्ने प्रधानमन्त्रीलाई समात्न पर्‍यो नि ।’ तर, तत्कालीन प्रधानमन्त्री को थिए भनेर उनले नाम भने लिएनन् । उनी भन्छन, ‘प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको नाममा उम्किने छुट छैन।’

    नक्कली भुटानी शरणार्थीमा संलग्न रहेको आरोप लागको शन्देश शर्माको अडियो मिलेको भन्दै विषय आएको समेत उनले उल्लेख गरे । को सँग मिलेको भने खुलाएनन् ।

    ‘…अथेन्टिक भनेर पुलिसले विज्ञप्ती जारी गर्यो यो उसकै भ्वाइस हो । त्यसमा किन कारबाही गरिएन ?’ उनको प्रश्न छ ।

    शारदाप्रसाद त्रिताल आयोगको रिर्पोट किन सार्वजनिक नगरिएको भन्ने पनि उनको प्रश्न छ । ‘किनकी त्यहाँ नेताहरुको नाम छ । नेताहरुलाई छाड्नका लागि सार्वजनिक गरिएन’ उनले भने ।

    मोहन रमण भट्टराईको अध्यक्षतामा सरकारी र गुठी जग्गाको जाँच गर्न आयोग बनेको र त्यो आयोगको रिर्पोट पन सार्वजनिक गरिएको भन्दै उनले सार्वजनिक गर्न सरकारलाई आग्रह गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार