Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रास्वपाले केन्द्रीय सदस्य थप्दै


    शुक्रबार, असार २९ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विधान अनुसार १२१ जना हुनुपर्ने केन्द्रीय समितिमा ३९ जनामात्र रहेको रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य थप्ने भएको छ । अहिले रस्वापा केन्द्रीय समितिमा ३९ जना छन् ।

    थप हुने केन्द्रीय सदस्यमा सांसद रहेकाहरु प्राथमिकतामा पर्ने भएका छन् । महामन्त्री मुकुल ढकालका अनुसार केन्द्रीय सदस्य थप्ने बारे कुरा भइरहेको बताए ।

    ‘समावेशीताको आधारमा केन्द्रीय सदस्य थप्दा रास्वपाका सांसद सहित अन्य व्यक्तिहरु पनि थपिने छ,’ ढकालले भने, ‘क्रमशः केन्द्रीय सदस्यको संख्या बढाउँछौं ।’

    आगामी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यको संख्या थप्ने एजेण्डा पनि लगिने भएको छ । केन्द्रीय समितिमा छलफलमा लानु अघि टुंगिनुपर्ने विषयहरुमा काम भइरहेको ढकालले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार