Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस सभापति देउवाको कोरोना रिपोर्ट नेगेटिभ


    शुक्रबार, असोज २ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। उनको सचिवालयका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो।

    कन्ट्याक्ट ट्रेसिङमा परेका उनी होम आइसोलेशनमा बसेका थिए । स्वास्थ्य प्रोटोकल अनुसार बिहीबार सभापति देउवा र उनको परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो।

    शुक्रबार बिहान आएको रिपोर्टमा उनको रिपाेर्ट नेगेटिभ आएकाे हाे। देउवा र परिवारका सबै सदस्यको काेराेना रिपाेर्ट नेगेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ।

    देउवा आइसोलेशनमा बसेसँगै यसअघि बिहीबारका लागि तय भएको सत्तापक्ष र प्रतिपक्षीको नेतृत्वबीचको बैठक स्थगित भएको थियो । अब सो बैठक आइतबार बस्ने सम्भावना रहेको बुढानिलकण्ठ स्रोतले जानकारी दिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार