Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मन्त्री ज्वाला भन्छन्- डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिबद्ध छ


    बिहिबार, असार २८ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    आज राष्ट्रिय सभा बैठकमा मन्त्री ज्वालाले अध्ययनविना डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्ति भइरहेका भन्दै असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्। उनले डोजरे विकासका कारण सयौँ बिघा खेतीयोग्य जमिन पुरिने र पुल तथा पूर्वाधारमा क्षति हुने गरेको बताए ।

    उनले भने, ‘निश्चय पनि सडक निर्माण एक प्राविधिक विषय हो । विना अध्ययन डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्ति हुँदै गइरहेको कुरा सत्य हो । कठिन भू–बनोटबाट सडक निर्माण गर्नुपर्ने, चलायमान पहाडको पाखामा सडक निर्माण गर्नुपर्ने, सडक निर्माणका क्रममा निस्किएका ढुङ्गा माटोको उचित व्यवस्थापन नहुँदा त्यस्तो डोजरे विकासले सयौँ बिघा खेतीयोग्य जमिन पुरिने र बहुमूल्य पुल तथा पूर्वाधारमा क्षति हुने गरेको छ । हामी असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिबद्ध छौँ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार