Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा माग


    बिहिबार, असार २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय चिकित्सक संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेको छ।

    मन्त्री बस्नेतले संविधान र कानुनविपरीत आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति दिएको भन्दै तत्काल मन्त्री पदबाट राजीनामा दिनुपर्ने संघको माग छ ।

    स्वास्थ्यमन्त्रीले ‘मर्न खोज्ने कर्मचारीलाई डोरी लिएर गेटमा पठाइदिनू’ भनेपछि…स्वास्थ्यकर्मीप्रति इंगित गर्दै ‘डोरी लिएर झुन्डिन पठाउने’ भन्ने मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै संघले विज्ञप्तिमार्फत त्यसको भर्त्सना गरेको हो ।

    यस्तै, नेपाल प्रगतिशील चिकित्सक संघले मन्त्री बस्नेतले सो अभव्यिक्ति तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार