काठमाडौं । जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ । पार्टीका तर्फबाट अनितादेवी साहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको जनमत पार्टी स्रोतले जनाएको छ । साह जनमत पार्टीको कर्यकारिणी सदस्य एंव सांसद हुन् ।
प्रधानमन्त्री प्रचण्ड जनमत पार्टीलाई सरकारमा सहभागी गराउन आन्तरिक गृहकार्यमा जुटेका थिए । प्रधानमन्त्री प्रचण्डले यस विषयमा जनमत पार्टीका अध्यक्ष डा। राउतसँग पटकपटक छलफल गर्दै आएका थिए । पछिल्लो समय सोमबार प्रधानमन्त्री प्रचण्ड र राउतका बीचमा सरकारमा सहभागी हुने’मा छलफल भएको जनमत पार्टी महासचिव चन्दन सिंहले बताए ।
यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी भइरहेको पुष्टि गरेका थिए । त्यस्तै, यसअघि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान खानेपानीमन्त्री थिए ।
जनमत पार्टीले विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले जनमतलाई कुन मन्त्रालय दिने भन्ने निर्णय गर्नसकेका छैनन् । उनी आफूनिकटका नेताहरूसँग उनी आन्तरिक छलफलमा छन् । प्रधानमन्त्री सचिवालयका अनुसार जनमत पार्टीलाई सरकारमा ल्याउने’दयगत छलफल भइरहेको थियो ।
तर, कुन मन्त्रालय दिने भन्ने’दयगत निर्णय हुन सकिरहेको थिएन । जनमतले उद्योग, भौतिक पूर्वाधार, सहरीजस्ता मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । विकासे मन्त्रालय नपाएको अवस्थामा एक राज्यमन्त्रीसहित अन्य मन्त्रालय पाउनुपर्ने सर्त जनमतका अध्यक्ष राउतले अघि सारेका छन् । प्रधानमन्त्री प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन वा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिन खोजेको स्रोतको दाबी छ । यो समाचार राजधानी दैनिकमा छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend