काठमाडौं । अदालतले नेपाल रेडक्रस सोसाइटीको यही असार २७ र २८ गते गर्ने भनिएको निर्वाचन रोक्न आदेश दिएको छ। ‘नेपाल रेडक्रस सोसाइटीको निर्वाचन तथा महाधिवेशनसम्बन्धी कामकारबाही हाल जे जुन अवस्थामा पुगेको छ यथास्थितिमा राख्नू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ’, उच्च अदालत पाटनका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको आदेशमा लेखिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले रेडक्रस प्रशासनको आग्रहमा पत्र लेखेर निर्वाचन गर्न अनुमति दिएको थियो। प्रशासनको पत्रअनुसार निर्वाचन गर्ने तयारी थियो। रेडक्रसका आजीवन सदस्य ईश्वरीप्रसाद दाहालले निर्वाचनविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। अदालतले दुई पक्षका कारणले विवादमा परेको संस्थामा दुवै पक्षलाई बोलाएको छ।
तदर्थ समितिविहीन बनेको संस्थाले प्रशासनको पत्रअनुसार बुधबार र बिहीबारका लागि निर्वाचन तोकेको थियो। संस्थाले गर्न लागेको निर्वाचनलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत दलले समर्थन गरेका थिए। उनीहरूले भागबण्डा नै गरिसकेका थिए।
यो संस्थामा लामो समयदेखि विवाद छ। ठूला–ठूला भ्रष्टाचार काण्ड भएका छन्। यो स्वार्थ समुहको कब्जामा छ। जिल्लादेखि केन्द्रसम्मै एउटा नेतृत्व वर्षौसम्म छन्। अर्बौको भ्रष्टाचार काण्ड छताछुल्ल छन्। संस्थाको नवीकरणसमेत भएको छैन। रेडक्रसको विषय छानबिन गर्न १९ वटा अध्ययन समिति बनेका छन्।
१६ वटा प्रतिवेदन छन्। ती सबै समितिका प्रतिवेदनले संस्थामा भ्रष्टाचार भएको देखाएका छन्। समिति र अध्ययन प्रतिवेदनले रेडक्रस भ्रष्टाचारको अखडा भएको देखाएका छन्। जेनेभास्थित रेडक्रसको अन्तरराष्ट्रिय समिति आईसीआरसीले भ्रष्टाचार भएको भनेको छ। मानवता, निष्पक्षता, तटस्थताको आधारभूत सिद्धान्त बोकेको रेडक्रसलाई समस्याग्रस्त बनाइएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend