काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वारेसको सुविधा दिन अस्वीकार गरेको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा व्यक्ति स्वयं उपस्थित हुनुपर्ने भन्दै सर्वोच्चले वारेस राख्ने निवेदन खारेज गरेको हो ।
मंगलबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले बालेन्द्र शाह विपक्षी रहेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा वारेस राखिपाउ भनेर बालेनले निवेदन दिएका थिए । तर, अदालतले सो अदालतको अवहेलना मुद्दामा वारेसमार्फत् सुनुवाइ हुनु उचित नरहेको भन्दै बालेनको निवेदन अस्वीकार गरेको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्र हिन्दी फिल्न चल्न नदिने निर्णयविरुद्ध फिल्म हल सञ्चालकहरुले हालेको रिटमा उच्च अदालत पाटनले हिन्दी फिल्म चल्न र चलाउन रोक नलगाउनु भन्ने आदेश दिएको थियो । सोही आदेशलगत्तै बालेनले राष्ट्र, राष्ट्रियता र स्वाधीनताका सवालमा कुनैपनि अदालतको आदेश वा फैसला नमान्ने अभिव्यक्ति दिएका थिए ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend