Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • अन्तत: वामदेव गाैतम बने सांसद, सपथ आजै हुने


    बिहिबार, असोज १ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अन्तत: राष्ट्रिय सभा सदस्य बनेका छन् । लामो रस्साकसीपछि बिहीबार उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी हुन् ।

    सोमबारको मन्त्रिपरिषद्काे बैठकले गौतमलाई सांसदमा मनोनयनको लागि सिफारिस गर्ने निर्णय गरेको थियो । तर सो निर्णयअनुसार राष्ट्रपतिलाई प्रस्ताव पत्र भनेको पठाइएको थिएन।  बिहीबार प्रस्ताव पठाइसँगै राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेका हुन् ।

    राष्ट्रिय सभामा राष्ट्रपतिले नियुक्त गर्ने तीन जना सदस्यमध्ये पूर्व अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल भदौ २० गते सकिएको थियो । रिक्त रहेको पदमा नेकपाले वामदेवलाई सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपा सचिवालयले गरेको निर्णयअनुसार ०७४ सालको प्रतिनिधि सभाको चुनावमा बर्दियाबाट पराजित भएका वामदेव सांसद बन्न सफल भएका हुन् ।

    वामदेवको सपथ आजै हुने भएको छ । वामदेवका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार राष्ट्रिय सभाबाट तयार रहनु भन्दै खबर आइसकेको छ । वामदेवलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सपथ ग्रहण गराउनेछन् । आज ४ बजेका लागि सपथ कार्यक्रम तय भएको बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार