Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेमा झिनो अंकको गिरावट


    सोमबार, असार २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा झिनो अंकको गिरावट आएको छ ।

    अघिल्लो दिन २८ अंकमाथिले बढ्दै २ हजार ७७.७६ अंकको विन्दुमा उक्लिएकोमा आज ०.८० अंकले घट्दै २ हजार ७६.९६ अंकको विन्दुमा ओर्लिएको हो ।
    तथापि, आज सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढ्दै ३८८.६२ अंकको विन्दुमा उक्लिएको छ ।

    आज बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा समूहको उपसूचक ऋणात्मक भएको छ भने फाइनान्स, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, ट्रेडिङ र अन्य समूहको उपसूचक धनात्मक भएका छन् ।

    आज झिनो अंकले नेप्से घटेको बजारमा ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ८२ हजार कित्ता सेयर कारोबार भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार