Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डले भने- म संसद् जाँदै छु,सदनमा सम्बोधन गर्छु


    सोमबार, असार २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तयारी गरेका छन् ।

    आज सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले संसद्मा सम्बोधन गरेर आफ्नो धारणा राख्ने सहमति जुटेको थियो ।

    प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै सञ्चारकर्मीलाई भने, ‘म संसद् जाँदै छु । मैले सदनमा सम्बोधन गर्छु ’।

    सोमबार तीन दलका शीर्ष नेताबीच छलफल भए पनि बैठक खुलाउनेबारे सहमति भए नभएको आधिकारिक जानकारी आएको छैन । यसअघि एमाले अध्यक्षले यही प्रश्नमा ‘ पार्लियामेन्टमा थाहा हुन्छ ’भन्ने जवाफ दिएका थिए ।

    प्रधानमन्त्री दाहालले काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले लगातार सदन अवरुद्ध गर्दै आईरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार