Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खाल्डोमा डुबेर दाजुभाइको ज्यान गयो


    आइतबार, असार २४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सर्लाहीको पर्सा गाउँपालिका– ४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइकोज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स महतो र १० वर्षीय दिपु महतो रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूका अनुसार शनिबार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा राति घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा शव डुबिरहेको अवस्थामा फेला पारेका थिए।

    दुई मात्र सन्तान रहेका नागेन्द्रका दुवै छोराको मृत्यु भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार