Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बारीमा लैजाने क्रममा भैँसीले च्याप्दा एक जनाको मृत्यु


    शनिबार, असार २३ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दैलेखमा भैँसीले च्यापेर एक जनाको ज्यान गएको छ । नारायण नगरपालिका-४ बस्ने ५४ वर्षीया चक्रबहादुर कटुवाललाई आफैले पालेको भैँसीले च्यापेर मृत्यु भएको हो ।

    मृतक कटुवालले घरबाट बारीमा लैजाने क्रममा उकालो बाटोमा चिप्लिदा भैँसीले च्यापेर मृत्यु भएको दैलेख जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    कटुवाल नारायण नगरपालिकामा वडा सचिवमा कार्यरत रहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार