काठमाडौँ। नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट्टले पदबाट राजीनामा दिएका छन् । उनले गठबन्धनसहितकाे आफ्नो मन्त्रिपरिषद्सहित राजीनामा दिएको बीबीसीले जनाएको छ ।
आप्रवासी नीतिमा निरन्तर चलेको छलफल र वार्तामा सहमति जुट्न नसक्दा नेदरल्यान्ड्समा सरकार ढलेको हो । सरकारका चार गठबन्धन साझेदारबीच आप्रवासीको सङ्ख्या रोक्न चाल्ने कदमबारे सहमत हुन सकेन । प्रधानमन्त्री मार्क रुट्टेले आप्रवासी नीतिमा सहमति जुटाउन नसक्दा राजीनामा दिएको बताए । उनले आउँदो चुनावसम्म गठबन्धनले नै कामचलाउ सरकार चलाउने जानकारी पनि दिए ।
नेदरल्यान्ड्समा यसै वर्ष नोभेम्बरमा चुनाव हुन सक्ने अनुमान छ । रुट्टेको दल भीभीडीले नेदरल्यान्ड्समा शरण खोज्नेहरूको संख्यालाई सीमित गर्ने पक्षमा छ । तर, गठबन्धनका अन्य दलले यो योजनाको विरोध गर्दै आएका छन् ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend