काठमाडौं । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले काठमाडौं(हेटौंडा जोडने बैकल्पिक सडकको रुपमा रहेको कान्ति लोकपथको अवलोकन गरेका छन् । हेटौडको बुद्धचोकदेखि ललितपुरको टिकाभैरवसम्म करिव ७९ किमि लम्बाई रहेको यो सडक निर्माणाधीन अवस्थामा छ।
कुल ३ अर्ब ७८ करोड लागत अनुमान गरिएको यो सडक खण्डको २ किलोमीटर कालोपत्रे गर्न बाँकी रहेको छ। काठमाडौंबाट तराई जोडने छोटो बाटोको रुपमा रहेको यो सडक खण्डको केही भू(भागहरुमा कडा चट्टान रहेको कारणले ५ किमि सडक बिस्तारको काम बाँकी छ।
सडक अवलोकनमा मन्त्री ज्वालासहित मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा कान्ति लोकपथ राजमार्गका आयोजना प्रमुख सुरेश न्यौपाने सहभागी थिए। २०१३ सालमा ट्र्याक खोलिएको यो सडकलाई नारायणगढ मुग्लिन सडकको बिकल्पको रुपमा प्रयोग गरी २४ घन्टा संचालन गर्न आवश्यक बजेट व्यस्थापन गरेर काम अगाडि बढाइने समेत मन्त्री ज्वालाले बताए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend