Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बर्थडेको केक काटेझैं राष्ट्रका हित काटकुट पारे : ओली


    शुक्रबार, असार २२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै वर्तमान सत्ता गठबन्धनका दलहरूले राष्ट्रका हितहरू काटकुट पारेको आरोप लगाएका छन्।

    साथै अध्यक्ष ओलीले बर्थडेको केक काटे झै राष्ट्रको हित काटकुट पारेको समेत आरोप लगाएका हुन्।

    ‘अहिले पनि तपाईँहरूले देख्नुभएको छ । संविधान लगातार मिच्ने । कसैको बहुमत छैन, यी बहुमत नभएका पार्टीहरू सातआठ वटा एकठाउँ मिलेर, स्वार्थ बाँडेर, देशका हितहरुलाई चकनाचुर पारेर, बर्थडेको केक काटेझै राष्ट्रका हितहरु काटकुट पारेर, बाँडेर सत्ता बनाउने र टिकाउने घिनलाग्दो खेल खेलिरहेका छन्’, ओलीले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार