काठमाडौँ। नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले क्यानडाको ग्लोबल टी-२० लिग खेल्न जाने भएका कारण एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन्।
दुवै जनाले श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स कप गुमाउने भएका हुन्।
जिम्बावेमा भएको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलेर आज स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान रोहित पौडेलले दुई खेलाडीले इमर्जिङ कप गुमाउने बताएका हुन्।
ग्लोबल टी-२० साउन ४ गतेदेखि सुरु हुँदैछ। लिगमा दीपेन्द्र मोन्ट्रेल टाइगर्स र सन्दीप सर्रे जागुअरमा आबद्ध छन्।
असार २८ देखि श्रीलंकामा सुरू हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा एसियाका टेस्ट राष्ट्रसहित अरु टिमले युवा खेलाडी समेटेर ‘ए’ टिम बनाएको छ। अघिल्ला प्रतियोगितामा उनीहरुले यू-२३ टिम पठाउथे।
नेपालले पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र पाकिस्तानबीचको खेल असार २९ मा हुनेछ।
नेपालले दोस्रो खेल भातरको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ।
दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।
समूह ए – श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए
समूह बी – पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend