काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडियाले आफ्नो अधिकार उपयोग गर्दा अरूको अधिकार हनन गर्न नहुने बताए । उनले मिडिया राष्ट्रिय हितको आफ्नो दायित्वबाट टाढा रहन नसक्नेसमेत बताए।
मिडिया एक्सन नेपालको तालीमको आज यहाँ आयोजित समापन सत्रमा भिडियो कन्फ्रेन्समार्फत शुभकामना दिनुहुँदै अध्यक्ष तिमिल्सिनाले मिडिया एक्सन नेपालले भ्रामक समाचारसम्बन्धी शोध पुस्तक प्रकाशन गरेकामा आभार व्यक्त गरे । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चारमाध्यमले सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने र गलत सूचना सम्प्रेषण गरेमा सञ्चारमाध्यमप्रति जनताको विश्वास गुम्ने बताए ।
सञ्चारविज्ञ एवम् मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले तालीममा सहभागी पत्रकारले पत्रकारिताका नैतिक मानक, भ्रामक र मिथ्या समाचार, सूचना महामारीको रोकथामका सूचक, वैदेशिक नीति तथा मिडिया, तस्वीरको आधिकारिकता, लैङ्गिक संवेदनशील पत्रकारितालगायत विषयमा स्वदेशी तथा विदेशी विज्ञले प्रशिक्षण दिएकाे बताए । तालिममा झापा, इलाम र पाँचथरका ३० पत्रकारको सहभागिता थियो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समिति जारी छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक जारी छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend