काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ पार्टी आएपछि पनि प्रमुख दलहरुमा बदलाव नआएको र ०८४ सालमा दुईतिहाइ मत दिएर रास्वपालाई जिताउन आग्रह गरेका छन् । आज पार्टी कार्यक्रमका लागि डडेलधुरा पुगेका सभापति लामिछानेले यस्तो बताएका हुन्।
“हामीलाई लागेको थियो, नयाँ दलहरु आएपछि पुराना पार्टीहरुले चरित्र परिवर्तन गर्छन् होला भन्ने लागेका थियो । तर, आज सत्ता जोगाउने खेलमा पुराना राजनीतिक दलहरु लागेका छन् । उनीहरुलाई यो घण्टी खतराको घण्टी लागेकै छैन । यो घण्टी तोड्न लागिपरेका छन्, आफू सुध्रने लक्षण छैन,” लामिछानेले भने, “अहिले विभिन्न फाइल खोल्नेक्रम सुरु भएको छ । हामी खुसी छौँ । म डडेलधुराबाट भन्न चाहन्छु, फाइल बन्द गर्ने प्रयास नगर्नु होला, यसलाई जिस्क्याउने कुराझैँ नलिनुहोला । त्यसो गर्नुभयो भने यो खेल ०८४ सम्म त चल्ला, त्यसपछि चल्नेवाला छैन ।”
उनले देशको प्रमुख सत्रु नै भ्रष्टाचारी भएको भन्दै उनीहरुलाई जेल नहाली देश नबन्ने बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा केही नेता जेल गएको भन्दै आफूले यो प्रकरण जरैसम्म पुगेको हेर्न चाहेको बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend