काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ पार्टी आएपछि पनि प्रमुख दलहरुमा बदलाव नआएको र ०८४ सालमा दुईतिहाइ मत दिएर रास्वपालाई जिताउन आग्रह गरेका छन् । आज पार्टी कार्यक्रमका लागि डडेलधुरा पुगेका सभापति लामिछानेले यस्तो बताएका हुन्।
“हामीलाई लागेको थियो, नयाँ दलहरु आएपछि पुराना पार्टीहरुले चरित्र परिवर्तन गर्छन् होला भन्ने लागेका थियो । तर, आज सत्ता जोगाउने खेलमा पुराना राजनीतिक दलहरु लागेका छन् । उनीहरुलाई यो घण्टी खतराको घण्टी लागेकै छैन । यो घण्टी तोड्न लागिपरेका छन्, आफू सुध्रने लक्षण छैन,” लामिछानेले भने, “अहिले विभिन्न फाइल खोल्नेक्रम सुरु भएको छ । हामी खुसी छौँ । म डडेलधुराबाट भन्न चाहन्छु, फाइल बन्द गर्ने प्रयास नगर्नु होला, यसलाई जिस्क्याउने कुराझैँ नलिनुहोला । त्यसो गर्नुभयो भने यो खेल ०८४ सम्म त चल्ला, त्यसपछि चल्नेवाला छैन ।”
उनले देशको प्रमुख सत्रु नै भ्रष्टाचारी भएको भन्दै उनीहरुलाई जेल नहाली देश नबन्ने बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा केही नेता जेल गएको भन्दै आफूले यो प्रकरण जरैसम्म पुगेको हेर्न चाहेको बताए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend