Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित


    बुधबार, असार २० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आधा घण्टाको लागि स्थगित प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । बुधबार दिउँसो अपराह्न ४ बजेको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको आगामी शुक्रबार बस्ने भएको हो ।

    प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख देवराज घिमिरले सभाको अर्को बैठक असार २२ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी गराएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार