Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य बढ्यो


    बुधबार, असार २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। स्थानीय बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकिलो १० रुपैयाँले बढाउने निर्णय गरेसँगै बजारमा मासुको मूल्य बढेको हो ।

    अघिल्लो महिनासम्म ४ सय रूपैयाँमा उपलब्ध ब्रोइलर कुखुराको मासुको मूल्य अहिले बढेर ४ सय ७० रुपैयाँसम्म पुगेको काठमाडौास्थित बल्खुका एक उपभोक्ताले बताएका छन् ।

    ‘अघिल्लो महिना प्रतिकिलो ३ सय ९० रुपैयाँमा ब्रोइलरको मासु किनेको थिएँ ।’ नरेश भट्टले भने, ‘बजारमा अहिले त कुखुराको तयारी मासुको मूल्य बढेर ४ सय ७० रुपैयाँसम्म पुगेको रहेछ ।’

    राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार फागुन, चैत र बैशाखमा कुखुराको कोल्ड स्टोर मूल्य बढेको थियो । तर जेठको पहिलो सातामा भने प्रतिकिलो १० रुपैयाँले घटेको थियो ।

    त्यतिवेला मासुको मूल्य घटेर २ सय ९० रुपैयाँ पुगेको थियो । तर असार पहिलो सातामा कुखुराको कोल्ड स्टोर मूल्य पुनः बढेर ३ सय रुपैयाँ पुग्यो र त्यसपछि पुनः असार दोस्रो सातामा किलोमा १० रुपैयाँले बढेर ३ सय १० रुपैयाँ कायम भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार