Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पौडी खेल्दा बगेर ओखलढुंगाका २२ वर्षीय मिलनको मृत्यु


    बुधबार, असार २० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बागलुङ। पौडी खेल्ने क्रममा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । गलकोट नगरपालिका वडा नम्बर–११ को दरमखोलामा पौडी खेलेका ओखलढुंगाका २२ वर्षीय मिलन कार्कीको मंगलबार मृत्यु भएको हो ।

    दिउँसो साढे ३ बजे पौडी खेल्न गएका ती युवकलाई खोलाले बगाएको थियो । बेपत्ता भएको दुई घण्टापछि ४ किलोमिटरपर उनको शव भेटिएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए ।

    ती युवक केही समयदेखि निर्माणाधीन दरमखोला जलविद्युत् आयोजनामा मजदुरी गर्थे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार