डा. युवराज खतिवढा र प्राडा. उपेन्द्र कोइराला
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा पटक पटक अवसर पाउनेमा उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी प्राडा. उपेन्द्र कोइरालापछि डा. युवराज खतिवडा हुन् । सम्धी कोइरालाले २०५१ मा खाद्य संस्थानको महाप्रबन्धक हुँदै २०७७ सम्म सातौं पटक राष्ट्रिय बाणिज्य बैंकको संचालकमा नियुक्ति पाएका छन् । यद्यपि उनलाई अध्यक्ष बनाउने निर्णय भने बैंक संचालक समितिले गर्न सकेको छैन ।
सम्धी कोइराला जत्तिकै अवसर पाउने भाग्यमानी भएका छन्, डा युवराज खतिवडा । सम्धीले जस्तै उनले सातौं पटक नियुक्ति पाएका छन् । सोमबार सरकारले उनलाई विशेष आर्थिक सल्लाहकार नियुक्ति गरेको छ । सोमबारको नियुक्ति उनको सातौं राजकीय अवसर हो । सुरुमा २०५९ असोज १८ मा राजा ज्ञानेन्द्र शाहले गरेको ‘सफ्ट कू’ पछि उनी राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भए । राष्ट्रबैंकका जागिरे खतिवडाले दरबारियाहरुको चाकडी गरी उक्त नियुक्ति पाएका थिए । उनले सो नियुक्ति पाउन राजाको कृपामा प्रधानमन्त्री भएका लोकेन्द्रबहादुर चन्दका अति निकट जोगमेहर श्रेष्ठको घरमै चाकडी गर्न पुगेको राप्रपाका नेताहरु अहिले पनि भन्ने गर्दछन् ।
त्यसपछि शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रले प्रधानमन्त्री बनाए । देउवाको सरकारमा एमाले पनि सामेल भएको थियो । अर्थमन्त्री थिए भरतमोहन अधिकारी । खतिवडाले एमालेका नेताहरुसँग याचना गरी योजना आयोगको सदस्यमा निरन्तरता पाए । राष्ट्रबैंकको पद लियनमा राखेर उनी योजना आयोगको सदस्य नियुक्त भएका थिए ।
देउवाकै सरकारमा त्यतिबेला राष्ट्रबैंकको गभर्नर पद खाली भयो । आयोगका सदस्य खतिवडाले गभर्नरमा दाबी गरे । गभर्नरमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले खतिवडा, विजयनाथ भट्टराई, बीरविक्रम रायमाझीको नाम सिफारिस गरेका थिए । गभर्नरमा सिफारिस भइसकेपछि महान्यायाधीवक्ता कार्यालयमा लेखेर पठाइयो । महान्यायाधीवक्ता थिए महादेव यादव । उनले राष्ट्रबैंकभित्रबाट डेपुटी गभर्नरमध्येबाट गभर्नर हुन पाउँछ, कार्यकारी निर्देशकले पाउँदै पाउँदैन, ऐनमै ब्यवस्था छैन भन्ने राय दिए । राष्ट्रबैंक बाहिरबाट भए खतिवडा हुन पाउँछन्, भित्रबाट पाउँदैनन् भनेकाले त्यतिबेला एमालेले पाएको गभर्नर पद नै फुत्कियो । खतिवडालाई कार्यकारी निर्देशकबाट राजीनामा दिन लगाएर उनको नाम सिफारिस गरिएको भए उनी गभर्नर हुनेथिए । उनको योग्यता पुगेको थियो । तर उनले पेन्सनको लोभमा राजीनामा पनि दिएनन् । २० बर्षमा पेन्सन हुने, उनको १९ बर्ष ४ महिना जागिर अवधि पुगेको थियो । खतिवडाले चिची पनि पापा पनि लोभ गर्दा एमालेको भागबाट गभर्नर पद फुत्किन पुग्यो ।
योजना आयोगको सदस्यबाट कार्यकाल सकिएपछि उनी श्रीलंकामा एशियाली विकास बैंकको जागिर खान गए । २०६६ मा माधव नेपाल प्रधानमन्त्री भएपछि उनको खोजी भयो । उनी तुरुन्तै नेपाल फर्किए । फर्किनासाथ योजना आयोगको उपाध्यक्षमा नियुक्त भए । योजना आयोगको उपाध्यक्ष हुँदाहुँदै फेरि राष्ट्रबैंकको गभर्नर पद खाली भयो । उनले आयोगको उपाध्यक्षभन्दा मर्यादाक्रममा तल्लो मानिने गभर्नरको पदमा नियुक्ति हुन रहर गरेपछि तत्कालीन प्रधानमन्त्री नेपालले उनलाई गभर्नर बनाए । गभर्नर उनको तेस्रो नियुक्ति थियो ।
२०७२ असोज ३ मा केपी ओली प्रधानमन्त्री भए । ओलीले उनलाई पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाए । दोस्रो पटकको योजना आयोगको नियुक्ति उनको चौथो अवसर हो । खतिडाले आयोगमा पुनः नियुक्ति भएपछि राज्यमन्त्री सरहको उपाध्यक्ष पदलाई मन्त्रीसरहको बनाए । ब्यक्तिगत लाभका लागि खतिवडा केसम्म गर्दछन् भन्ने यो दृष्टान्त हो । उनी २०७४ मा नकेपाले दुईतिहाई बहुमतसहितको सरकार बनाएपछि राष्ट्रियसभाको सांसद हुने मौका पाए । राष्ट्रियसभा सांसद उनको पाँचौं राजकीय सुविधाको पद हो । राष्ट्रियसभाको सांसदपछि प्रधानमन्त्री ओलीले उनलाई अर्थमन्त्री नै बनाएर सबैलाई चक्मा दिए ।
पार्टीमा जेलनेल भोगेका र राजनीतिमै जीवन बिताएकाभन्दा ओलीका लागि खतिवडा प्यारा भए । अर्थमन्त्रीको पद उनको छैटौं छलाङ थियो । खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने चाहना ओलीको थियो, तर उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जाने हठ देखाएपछि उनी राजीनामा दिन बाध्य भए । प्रधानमन्त्री ओलीले सातौं पटक खतिवडालाई मन्त्री सरहको विशेष आर्थिक सल्लाहकारमा नियुक्ति दिएका छन् ।
कोइराला र खतिवडाको लोकतन्त्र ल्याउन रौं बराबर योगदान छैन । तर हजारौंको बलिदान र त्यागपछि प्राप्त लोकतन्त्र सबैभन्दा बढी अवसर नेकपामा यी दुई पात्रले पाएका छन् । एक दुई पटकमात्र होइन, सात सात पटक अवसर पाएका छन् । लोकतन्त्रका लागि लडेका नेकपाका समर्थकलाई एकपटक नियुक्ति दिएपछि दोस्रो पटक नदिने मापदण्ड बनाइएको छ । तर कोइराला र खतिवडाको हकमा त्यो मापदण्ड लागू भएको छैन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend