काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको समस्या, वैदेशिक व्यापारमा आएको गिरावट लगायतका कारण यो वर्ष राजस्व संकलन ऋणात्मक भएको छ । हरेक वर्ष राजस्व संकलन वृद्धि हुँदै गएको भए पनि चालु आर्थिक वर्ष राजस्व संकलन ऋणात्मक भएको हो ।
महत्वाकांक्षी लक्ष्य राखेको कारण सरकारले राजस्व संकलनको लक्ष्य प्राप्ति गर्न चुकेको मात्र होइन पोहोरको भन्दा राजस्व पनि करिब १ खर्ब कम संकलन गरेको छ । आर्थिक वर्ष सकिन दुई साता बाँकी रहँदा ६१.३६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार पोहोर असार १७ गतेसम्म ९ खर्ब ७३ अर्ब ६१ करोड राजस्व संकलन भएकोमा यो वर्षको सोही अवधिमा ८ खर्ब ६१ अर्ब रूपैयाँमा मात्र संकलन भएको छ ।
यसरी हेर्दा पोहोरको भन्दा १ खर्ब १२ अर्ब रूपैयाँ कम राजस्व संकलन भएको छ । आर्थिक क्रियाकलापमा शिथिलता आउँदा राजस्व संकलन प्रभावित भएको हो । घरजग्गाको पुँजीगत लाभकर, सेयर कारोबारबापत आउने कर, वैदेशिक व्यापारबाट आउने भन्सार महसुल लगायतमा आएको गिरावटले राजस्व संकलनमा कमी आएको छ । कोभिड १९ ले अर्थतन्त्रमा पारेको असरको प्रभाव अहिले देखिएको छ । यो सामाचार नागरिक दैनिकमा छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend