Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको ओलीको दाबी


    सोमबार, असार १८ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गरेबापत आफ्नो पार्टीलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको दाबी गरेका छन् । आज भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

    ‘देश समृद्धि होस्, जनता सुखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरू आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको ओलीको भनाइ छ ।

    उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताए । ओलीले आफू सरकारमा नभए पनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी समेत गरे ।

    आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याउनेलगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको ओलीकोभनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार