काठमाडौँ । देशका विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका-७ स्थित अनुबरा खोलामा भुसा लोड गरी बयलबासबाट ब्रहम्पुरीतर्फ जाँदै गरेको ना.४ ख ६९७६ नम्बरको ट्रक बाटोमा लत्रिएको विजुलिको तारमा छुन गई करेन्ट लाग्दा ट्रकमा लेबर काम गर्ने रौतहट घर भएका २४ वर्षीय संजय मुखियाको आइतबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै करेन्ट लागेर घाइते भएका ट्रक चालकको नेपाल मेडिसिटी अस्पताल बारामा उपचार भइरहेको छ ।
उता नवलपरासी (पूर्व) को मध्यविन्दु नगरपालिका १३ र १४ स्थित गोरे भन्ज्याङ भन्ने स्थानमा लत्रेको तारबाट करेन्ट लागेर सोही नगरपालिका-१४ बस्ने ७० वर्षीय मन बहादुर सोमैको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै धादिङको निलकण्ठ नगरपालिका-३ सनत बजार बस्ने ४५ वर्षीय डम्बर बहादुर लामिछाने मगरको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । सोही नगरपालिका-३ एमाले चोकस्थित मुलचोटोल सुधार समितिको सडकको बत्ति बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
त्यसैगरी अर्घाखाँचीको छत्रदेव गाउँपालका-३ मथुराबेशीस्थित के.बि. बेम्बो होटलमा काम गर्ने गुल्मी मुसिकोट नगरपालिका-३ पेगा घर भएका २६ वर्षीय बिमल महतको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । सोही होटल नजिक मकैबारीमा बदेललाई धपाउनको लागि करेन्ट जोडी राखेको विजुलीको नाङगो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend