Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली प्रदेशमा २८ सङ्क्रमित थप


    मंगलबार, भाद्र ३० २०७७
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत । कर्णाली प्रदेशमा पुनः आज २८ सङ्क्रमित थपिएका छन् । त्यससँगै कोरोना भाइरसबाट सङक्रमित हुने सङ्ख्या कर्णालीमा दुई हजार ८६३ पुगेको छ ।

    कर्णाली प्रदेश अस्पताल र पशुपक्षी तथा रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा २२, वीरेन्द्रनगर नगरपालिका तथा दैलेख, बझाङ, सर्लाही, बाँके र दाङका एक÷एक जना कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए। 

    त्यस्तै चौरजहारी नगरपालिका प्रयोगशालामा गरिएको परीक्षणमा सल्यान कुमाख गाउँपालिकाका एक व्यक्तिमा सङक्रमण पुष्टि भएको महाशाखा प्रमुख शाहीले बताए। “ सङ्क्रमित हुने र निको हुनेको सङ्ख्यामा त्यति अन्तर छैन”, उनले भने । त्यसैगरी कर्णालीमा आजै कोरोना जितेर घर फर्कनेको सङ्ख्या ३९ रहेको छ । यससँगै  प्रदेशमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या दुई हजार ५७० पुगेको छ । हाल २८७ सक्रिय बिरामी रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार