Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालले दियो सिंगापुरलाई जितका लागि १८५ रनको लक्ष्य


    सोमबार, असार १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मलेसियमा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालबाट सिंगापुरले जितका लागि १८५ रनको लक्ष्य पाएको छ ।

    बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

    नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

    कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार