काठमाडौँ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। आईओसीले नेपाल आयल निगमलाई हरेक १५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउने गरेको छ। उक्त मूल्यसूची अनुसार आईओसीले यसपटक भने पेट्रोल र ग्यासको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा हुने घटबढका आधारमा भाउ समायोजन गर्दै आईओसीले निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ।
नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ७ पैसा र प्रतिसिलिन्डर एलपीजी ग्यास १६० रुपैयाँले घटेर आएको छ।
आईओसीले पठाएको नयाँमूल्यसूचीअनुसार डिजेटल, मट्टीतेल र हवाई इन्धनको भाउ भने बढेर आएको छ। निगमका अनुसार प्रतिलिटर डिजेलमा २.१६ रुपैयाँ, मट्टीतेलमा ५ पैसा र हवाई इन्धनमा ५७ पैसा मूल्य बढेर आएको छ।
हाल कायम मूल्यलाई यथावतै राखेमा निगमलाई पाक्षिक (१५ दिन) १ अर्ब ६० करोड रुपैयाँ नाफा हुने अनुमान गरिएको छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend