काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्वार्थ बोकेकालाई पार्टीमा प्रवेश नदिने बताएका छन् । गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीजस्तै पार्टी अरुको कब्जामा नपर्ने दाबी गरे ।
उनले भने, ‘हाम्रो पार्टीमा केही गर्छु भन्नेहरूको प्रवेश गरेका छन् । स्वार्थ भएका साथीहरू पनि यसो चिहाउँदै चाहिँ हुनुहुन्छ । त्यो पनि नदेखेको होइन पार्टीले देखेको छ । तर, चिन्ता मान्नु पर्दैन । हिजो माओवादी जस्तो, कांग्रेस एमाले जस्तो हुनेभयो । अब जो पनि छिर्ने भए पार्टीले भोट बढाउँने भन्दा घटाउने चर्चा छ । तर, पार्टीको ढोका सबैलाई खुला छ। तर, इमान बोकेर आउनेकाहरूलाई मात्रै हो ।’
अहिले ठूला दलहरु सत्ता जोगाउनका लागि गठबन्धनभित्र पनि गठबन्धन बनाइरहेको आरोप लगाए ।
उनले भने, ‘यो गठबन्धन जनता जोगाउनको लागि बनेको होइन । त्यही देखेर वाक्कदिक्क भएर जनताले घण्टी बजाउन थालेका हुन् । जे आशाको साथ जनताले भोट दिएका छन् त्यसमा कुठाराघात गर्नको लागि एउटा स्वार्थ जोडिएको मान्छे जोडिनेबित्तिकै सबै यात्रा बिटुलो हुन्छ । हाम्रो यात्रालाई बिटुलो पार्नेलाई पार्टीभन्दा बाहिर राखेर भोटमात्रै बनाउनुहोला । ०८४ सम्म हामीले कुनै पनि खराब मान्छे, पैसोको बिटो बोकेको मान्छे टाढा राख्नैपर्छ । कुनै किसिमको दुर्गन्ध भएको मान्छेलाई बाहिर राख्नुपर्छ ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend