Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नासुमाथि हातपात गरेको विरोधमा देशभरिका अदालतमा कर्मचारीले रोके काम


    आइतबार, असार १७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। ललितपुर जिल्ला अदालतकी एक जना महिला कर्चारीमाथि हातपात भएको विरोधमा देशभरिका अदालतका कर्मचारीले काम रोकेका छन्।

    ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरिका अदालतका कर्मचारीले आज काम रोकेका हुन् ।

    उक्त घटनाको विरोध स्वरूप सबै अदालतमा काम रोकेको सर्वोच्च अदालतका शाखा अधिकृत कृष्णप्रसाद घिमिरेले जानकारी दिए।

    कर्मचारीहरूको चार वटा संगठनले विरोध गरेको हो। कर्मचारीहरूले विरोधस्वरूप बिहान १० बजेदेखि साढे १ बजेसम्म काम नगर्ने जनाएको हो। खाजा समयपछि मात्रै काम गर्ने अधिकृत घिमिरेले बताए।

    गत बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं-१४ का ३६ वर्षीय अमिर लामिछानेले कुटपिट गरेका थिए। अमिर लामिछाने कानुन व्‍यवसायी हुन्।

    मिसिल हेर्ने विषयमा विवाद भएपछि उनले तामाङमाथि कुटपिट गरेका थिए। तारेख लिन तामाङको फाँटमा पुगेका कानुन व्यवसायी लामिछानेले भीड भएको स्थानमा बसेर मिसिल अध्ययन गरिरहेका थिए।

    नासु तामाङले मिसिलको फोटोकपी लिएर जान भनेपछि उनले अपशब्द बोलेर उनीमाथि कुटपिट गरेकी थिइन्।

    ‘म मिसिल दिन्न तर तपाईंलाई चाहिन्छ भने म फोटोकपी उपलब्ध गराउन सक्छु भनेर भनें,’ उनले भनेकी थिइन्, ‘त्यसो भए मलाई मिसिल हेर्न नदिने हैन त भन्नुभयो। फोटोकपी मात्रै उपलब्ध गराउन सक्छु मिसिल नै दिए त मेरो जागिर जानसक्छ भनेपछि उहाँले कुट्नुभयो।’

    ‘तँ धेरै जान्ने हुन्छेस्, तँ को होस्’ भनेर अमिरले गालीगलौज गरेको उनले बताएकी थिइन्।

    ‘मलाई किन तँ भनेर यसरी गाली गरेर बोल्नुभयो भन्दा उहाँले हिर्काउनुभयो। मुक्काले नै हिर्काउनुभयो,’ उनले भनेकी थिइन्, ‘दुईटा दाँत हल्लिएको छ। मुखमा चोट लागेको छ। तान्दा कपडा च्यातिएको छ।’

    उक्त घटनापछि पीडित तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्।

    त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान जारी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार