Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्रिकेट संघका महाप्रबन्धक खनालले दिए राजीनामा


    शनिबार, असार १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको कार्यशैलीप्रति असहमति जनाउँदै उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

    क्यानका अध्यक्ष चन्दले पनि महाप्रबन्धक खनालको राजीनामा स्वीकृत भइसकेको जानकारी दिए । ‘उहाँले राजीनामा दिनुभएको हो र राजीनामा स्वीकृत पनि भइसकेको छ,’ अध्यक्ष चन्दले भने । खनालले अध्यक्ष चन्दको कार्यशैली राम्रो नभएकाले राजीनामा दिएको बताए ।

    ‘हरेक कुरामा राजनीतिक हस्तक्षप हुन थालेपछि बाध्य भएर राजीनामा दिएको हुँ । अनावश्यक राजनीतिक हस्तक्षपले नै खेलकुदलाई विगारेको रहेछ,’ उनले भने । खनालले क्यान अध्यक्ष चन्दको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । ‘क्यान अध्यक्षको कार्यशैली पनि ठिक छैन । हरेक कुरामा विवाद गर्नुहुन्छ । सबै कुरा उहाँले भनेजस्तै हुनुपर्छ । अरुले दिएको राम्रो सल्लाहलाई पनि उहाँ स्वीकार्न सक्नुहुन्न । उहाँसँग मिलेर काम गर्न सक्ने वातावरण नै नभएपछि राजीनामा दिनुको विकल्प रहेन,’ खनालले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार