काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको कार्यशैलीप्रति असहमति जनाउँदै उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
क्यानका अध्यक्ष चन्दले पनि महाप्रबन्धक खनालको राजीनामा स्वीकृत भइसकेको जानकारी दिए । ‘उहाँले राजीनामा दिनुभएको हो र राजीनामा स्वीकृत पनि भइसकेको छ,’ अध्यक्ष चन्दले भने । खनालले अध्यक्ष चन्दको कार्यशैली राम्रो नभएकाले राजीनामा दिएको बताए ।
‘हरेक कुरामा राजनीतिक हस्तक्षप हुन थालेपछि बाध्य भएर राजीनामा दिएको हुँ । अनावश्यक राजनीतिक हस्तक्षपले नै खेलकुदलाई विगारेको रहेछ,’ उनले भने । खनालले क्यान अध्यक्ष चन्दको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । ‘क्यान अध्यक्षको कार्यशैली पनि ठिक छैन । हरेक कुरामा विवाद गर्नुहुन्छ । सबै कुरा उहाँले भनेजस्तै हुनुपर्छ । अरुले दिएको राम्रो सल्लाहलाई पनि उहाँ स्वीकार्न सक्नुहुन्न । उहाँसँग मिलेर काम गर्न सक्ने वातावरण नै नभएपछि राजीनामा दिनुको विकल्प रहेन,’ खनालले भने ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend