एजेन्सी। फ्रान्स सरकारले हिंसा रोक्न धेरै नयाँ कदमहरूको घोषणा गरेपनि राजधानी पेरिसलगायत अन्य धेरै सहरमा हिंसा र आगजनी जारी नै छ।
फ्रान्सेली राष्ट्रपतिले यस विषयमा आपतकालीन बैठकपछि संक्षिप्त वक्तव्य जारी गर्दै अभिभावकलाई आफ्ना बालबालिकालाई घरबाट बाहिर ननिस्कन सल्लाह दिएका छन्।
फ्रान्समा गत मंगलबार प्रहरीले १७ वर्षीय नाहेल एमको गाेली हानी हत्या गरेका थिए। साेही घटनापश्चात् फ्रान्समा हिंसा र आगजनी सुरु भएको हाे।
हालसम्म के-के भयाे?
१-फ्रान्सका गृहमन्त्रीले बिहीबार राति मात्रै सडकमा आगजनीका ३ हजार ८ सय ८० घटना दर्ता भएको र यसअघि बुधबार राति २ हजार ३ सय ९१ आगजनीका घटना दर्ता भएको बताएका छन्।
२-गृह मन्त्रालयले दंगा र हिंसाको तेस्रो रात फ्रान्सभर हिंसा र आगजनी भएको र यस अवधिमा ८७५ जना पक्राउ परेको जनाएको छ।
३-फ्रान्समा तीन दिनसम्म चलेको हिंसामा ४९२ भवन र २ हजार सवारी साधनमा आगजनी गरिएको थियो ।
४-एएफपी समाचार एजेन्सीका अनुसार राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार राति ३ हजार ८८० वटा आगजनीका घटना भएको बताएका छन्।
५-राष्ट्रपति म्याक्रोनले अब बिना कुनै हिचकिचाहट कडा सुरक्षा उपायहरू लिन तयार छन्।
६-फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथले अब पुलिसहरू सशस्त्र गाडीमा दंगा प्रभावित सडकहरूमा प्रवेश गर्ने बताएकी छन्।
७-हिंसा नियन्त्रणमा संलग्न २४९ प्रहरी घाइते भएका छन्।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend