एजेन्सी। फ्रान्स सरकारले हिंसा रोक्न धेरै नयाँ कदमहरूको घोषणा गरेपनि राजधानी पेरिसलगायत अन्य धेरै सहरमा हिंसा र आगजनी जारी नै छ।
फ्रान्सेली राष्ट्रपतिले यस विषयमा आपतकालीन बैठकपछि संक्षिप्त वक्तव्य जारी गर्दै अभिभावकलाई आफ्ना बालबालिकालाई घरबाट बाहिर ननिस्कन सल्लाह दिएका छन्।
फ्रान्समा गत मंगलबार प्रहरीले १७ वर्षीय नाहेल एमको गाेली हानी हत्या गरेका थिए। साेही घटनापश्चात् फ्रान्समा हिंसा र आगजनी सुरु भएको हाे।
हालसम्म के-के भयाे?
१-फ्रान्सका गृहमन्त्रीले बिहीबार राति मात्रै सडकमा आगजनीका ३ हजार ८ सय ८० घटना दर्ता भएको र यसअघि बुधबार राति २ हजार ३ सय ९१ आगजनीका घटना दर्ता भएको बताएका छन्।
२-गृह मन्त्रालयले दंगा र हिंसाको तेस्रो रात फ्रान्सभर हिंसा र आगजनी भएको र यस अवधिमा ८७५ जना पक्राउ परेको जनाएको छ।
३-फ्रान्समा तीन दिनसम्म चलेको हिंसामा ४९२ भवन र २ हजार सवारी साधनमा आगजनी गरिएको थियो ।
४-एएफपी समाचार एजेन्सीका अनुसार राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार राति ३ हजार ८८० वटा आगजनीका घटना भएको बताएका छन्।
५-राष्ट्रपति म्याक्रोनले अब बिना कुनै हिचकिचाहट कडा सुरक्षा उपायहरू लिन तयार छन्।
६-फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथले अब पुलिसहरू सशस्त्र गाडीमा दंगा प्रभावित सडकहरूमा प्रवेश गर्ने बताएकी छन्।
७-हिंसा नियन्त्रणमा संलग्न २४९ प्रहरी घाइते भएका छन्।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend