Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डले भने- पूर्व माओवादीहरूबीच पार्टी एकताका लागि ठोस पहल हुँदैछ


    शनिबार, असार १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच एकताको ठोस पहल भइरहेको बताएका छन्।

    आज बिहान पोखरामा पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एकताका लागि पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको बताएका हुन्।

    माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले पार्टी कमजोर हुँदा अहिलेसम्मका परिवर्तन नै कमजोर हुने महशुस गर्दै पूर्वमाओवादीहरूबीचको एकताबारेको छलफललाई बृहत् पारिएको बताए।

    ‘हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

    उनले पार्टीलाई राम्रो बनाउन नयाँ ढंगले सोचेको पनि बताए। ‘हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ,’ उनले भने।

    प्रधानमन्त्री प्रचण्डले सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको र त्यसलाई सफा नगरी देश नबन्ने बताए। ‘देश निर्माणका लागि फेरि नयाँ फड्को जरूरी छ। सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ। यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ। सरकार यसमा दृढ छ,’ उनले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार