काठमाडौं । चितवनमा शुक्रवार शीर्ष नेताहरु धान रोप्न व्यस्त रहेँ। बिहानदेखि नै शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। प्राथमिकतामै राखेर पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री रवि लामिछाने चितवन आएका थिए। बाजागाजा सहित उनीहरु रोपाइँमा व्यस्त रहे।
हिलो खेल्दै रमाइरहेका नेताहरूमा उत्साह देखिए पनि सँगै रोपाइँ गरिरहेका अन्य किसान भने चिन्तित देखिन्थे। सिँचाइ नहुँदा उनीहरु चिन्तित देखिएका हुन्।भरतपुर महानगरपालिका २५ स्थित अमृत नगरका होमनाथ बास्तोला पानी नभएर खेत रोप्न पाएका छैनन्।
‘बीउ रोप्ने भइसकेको छ। घोलमा पानी छैन,’ उनले विगत सम्झँदै भने, ‘यतिखेर घोल बढेर खेतसम्म नै आउँथ्यो। अहिले कमिला हिँडेका छन्।’ खडेरीका कारण सधैँ पानी बग्ने घोलमा पानी सुकेको उनले बताए। ‘भिमनगरमा असार १५ मनाउन एक विगा जमिनमा भूमिगत बोरिङ प्रयोग गरेर रोपाइँ गरिएको थियो। अघिल्ला वर्ष घोलहरु बढेर पानी हुतहुत्तै बढ्थ्यो,’ बाबुराम भट्टराईसँगै धान रोपाइँमा व्यस्त रहेका बास्तोलाले भने ‘यो खेत पनि भूमिगत सिँचाइ मार्फत मुस्किलले हिलो बनाएको हो।’
पश्चिम चितवनका अधिकांश स्थानमा सिँचाईको समस्या छ। घोल क्षेत्रमा पनि अहिलेको खडेरीका कारण पानी सुक्दै गएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौँ। बलिउड अभिनेता सोनु सूद नेपाल आएका छन्। उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। भोटेकोसी बाढी प्रभावितलाई सहयोग गर्न उनी राहत सामग्री बोकेर...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend