Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जना अस्पताल भर्ना


    शुक्रबार, असार १५ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बालुवाटार स्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएका तीन जना अस्पतालमा भर्ना भएका छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम अस्पताल भर्ना भएका हुन् ।

    आरोपितहरूलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शाह प्रोस्टेट र मेरुदण्डको बिरामी छन् । धर्मप्रसाद गौतम अक्सिजन लिइरहन्छन्। मीनबहादुरले मुटु र रक्तचापसम्बन्धी समस्या रहेको बताएका छन् ।

    ब्यूरोले पक्राउ गरेका ७ जनामध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र भुपेन्द्रमणि केसी सर्वोच्च अदालतको निषेधाज्ञाको आदेश देखाएर त्यसैदिन छुटिसकेका छन् । तीन जना अस्पताल भर्ना भएपछि कर्मचारी गोपाल कार्की मात्रै अहिले सीआईबीको हिरासतमा छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार