Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मन्त्री ज्वाला प्राविधिकको टोलीसहित बाढी प्रभावित क्षेत्रमा दुई दिन बस्ने


    शुक्रबार, असार १५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किनुभएको छ । ३ असारको अविरल बर्षापछि आएको बाढी र पहिरोले ठुलो भौतिक क्षति बनाएको थियो ।

    मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो भने केही स्थानका बेलिब्रिज र झुलुङगे पुल पनि बगाएको थियो । केही स्थानको सडकपनि अवरुद्ध बनेको थियो ।

    हेवा खोला पुल बगाएको २ दिनभित्र बेलिब्रिज निर्माणको काम थालिएको थियो । हेवा खोलामा डाइभर्सन बनाएर मेचि राजमार्ग सुचारु पनि भएको थियो । तर फेरी बाढी आउँदा डाइभर्सन बगाएको छ ।

    हेवा खोलामा बेलिब्रिजको काम तिव्ररुपमा भइरहेको छ । निर्माणधिन बेलिब्रिज र भौतिक क्षति भएका क्षेत्रको दुई दिने स्थलगत भ्रमणका लागि पूर्वी नेपाल प्रस्थान गर्नुभएको छ । मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देशक रामहरी पोखरेललगायत प्राविधिकको टोली पनि भ्रमणमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार