विराटनगर। कोसी प्रदेशसभाको आज (शुक्रबार)को बैठकमा जसपा अनुपस्थित भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्ताव गरेको विश्वासको मतमा मतदान हुने र मत सम्बन्धी प्रस्तावमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ मुख्यमन्त्रीले दिने बैठकमा जसपा उपस्थित नभएको हो।
बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि भए पनि नेकपा एमालेले सदनमा विश्वासको मत माग्ने क्रममा अर्थ मन्त्रालय लगायतका विविध विषयमा कुरा उठेकाले त्यसको तयारी गरेर शुक्रबार विश्वासको मत लिने माग गरेपछि बैठक स्थगित भएको थियो।
प्रदेशसभाका सभामुख बाबुराम गौतमले विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलमा उठेका विषयमा जवाफ दिन मुख्यमन्त्रीलाई समय दिएका छन्। अहिले मुख्यमन्त्रीले जवाफ दिने क्रम जारी छ। उनले जवाफ दिइसकेपछि मत विभाजन हुनेछ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend