Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोसी प्रदेशसभाको आजको बैठकमा जसपा अनुपस्थित


    शुक्रबार, असार १५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर। कोसी प्रदेशसभाको आज (शुक्रबार)को बैठकमा जसपा अनुपस्थित भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्ताव गरेको विश्वासको मतमा मतदान हुने र मत सम्बन्धी प्रस्तावमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ मुख्यमन्त्रीले दिने बैठकमा जसपा उपस्थित नभएको हो।

    बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि भए पनि नेकपा एमालेले सदनमा विश्वासको मत माग्ने क्रममा अर्थ मन्त्रालय लगायतका विविध विषयमा कुरा उठेकाले त्यसको तयारी गरेर शुक्रबार विश्वासको मत लिने माग गरेपछि बैठक स्थगित भएको थियो।

    प्रदेशसभाका सभामुख बाबुराम गौतमले विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलमा उठेका विषयमा जवाफ दिन मुख्यमन्त्रीलाई समय दिएका छन्। अहिले मुख्यमन्त्रीले जवाफ दिने क्रम जारी छ। उनले जवाफ दिइसकेपछि मत विभाजन हुनेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार