Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पशुपतिनाथ मन्दिरको जलहरीको सुन मेरो विषय होइन : ओली


    बिहिबार, असार १४ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताएका छन् । धान दिवसको कार्यक्रममा सहभागी हुन आज चितवन पुगेका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

    आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको भन्दै उनले भने, ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको । अलिक दिन त्यसले पनि मार्केट पायो ।’

    अलिक पछि त्यो सुन नै नचढाएको भन्ने थाहा भएको उनले बताए । एमाले अध्यक्ष ओलीले भने, ‘अलिक पछि ११ किलो सुन कहाँ गयो भन्ने थाहा भयो होला तौलिएपछि । यो मेरो विषय हो र तपाईहरुले मलाई सोधेको ?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार