Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेकपा बनाउँदा भित्तामा नाक ठोक्किएजस्तो भयो : ओली


    बिहिबार, असार १४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा बनाउँदा भित्तामा नाक ठोक्किएजस्तो भएर फेरि एमालेमै फर्किनुपरेको बताएका छन् । आज एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७२ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘भइहाल्छ कि केही भनेर विभिन्न तत्वलाई लिएर आयौँ। नेकपा भन्ने फेरि बनायौँ । त्यसबाट नराम्रोसित भित्तामा नाक ठोक्किएजस्तो, निधार ठोक्किएजस्तो फेरि हामी एमालेमा फर्कियौँ, यही हो मौका भनेर हाम्राविरुद्ध हमला भए। त्यसको हामीले उपयुक्त ढंगले प्रतिवाद गरेर हाम्रो आन्दोलन जोगाउँन सफल भयौं ।’

    जनताको बहुदलीय जनवाद (जवज) को आयाम र विशेषताबारे चर्चा गर्दै ओलीले जवज नेपाली समाजलाई अघि बढाउने उत्कृष्ट सिद्धान्त भएको दाबी पनि गरे । जवजले स्पष्ट लक्ष्य र गन्तव्य लिएकै कारण हालको संविधानमा समाजवाद लेखिएको ओलीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार