Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु


    बिहिबार, असार १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई–टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ। साथै उक्त घटनामा अन्य १५ जना घाइते भएका छन् ।

    घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो । अधिकारीका अनुसार धार्मिक यात्रामा देवता बोकेको रथलाई भक्तजनले तानेका बेला दुर्घटना भएको हो ।

    इतेहरूलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले दुर्घटनाको विषयमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार