Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डको दाबी– अर्थतन्त्रमा श्रीलंकाको जस्तो हुन्छ भन्ने भाष्य चिरेर जागेका छौं


    बुधबार, असार १३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अहिले अर्थतन्त्र जागेको दाबी गरेका छन्। उनले आफू प्रधानमन्त्री हुँदा श्रीलंकाको जस्तो हुन्छ भन्ने त्रासकाबीच आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्र जागेको जिकिर गरे।

    उनले भने, ‘सदनले मलाई सरकारको नेतृत्व दिँदैगर्दा देशमा गम्भिर आर्थिक संकटको स्थिती र एउटा भाष्य बनेको थियो। नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो। यो भाष्य बौद्धिक वर्गमा मात्रै सीमित थिएन। आम नागरिकसम्म पनि पुगेको थियो। श्रीलंकाको तस्बिरले आम नागरिकलाई त्रसित बनाएको थियो। तर, हामीले त्यस्तो हुन दिएनौं। अर्थतन्त्र जागिसकेको छ। यो राष्ट्रकै उपलब्धि हो।

    उनले सबै आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अगाडि बढेको बताए। उनले बैंक र व्याजदर घट्दै गएको बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार