Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक


    मंगलबार, असार १२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । यसै वर्ष भारतमा ५ अक्टोबरबाट १९ नोभेम्बरसम्म हुने एक दिवसीय विश्वकप २०२३ को खेल तालिका सार्वजनिक भएको छ ।

    उक्त प्रतियोगिताका खेलहरु १० वटा फरकफरक स्टेडियममा हुनेछन् ।

    विश्वकप खेल्ने १० टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष ४ टिम सेमिफाइनलमा पुग्ने छन् ।

    विश्वकपका लागि जिम्बावेमा भइरहेको विश्वकप छनोटबाट दुई टिम छनोट हुनेछ । प्रतियोगिताको पहिलो खेल इङ्ल्यान्ड र न्युजिल्यान्डबीच हुनेछ ।

    लिगको अन्तिम खेल नोभेम्बर १२ मा हुनेछ । नोभेम्बर १५ मा पहिलो र १६ मा दोस्रो सेमिफाइनल हुनेछ । विश्वकपको फाइनल खेल १९ नोभेम्बरमा अहमदावादमा हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार