काठमाडौँ। विपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ सहर विश्वका पहिलो प्रदूषित सहरमा पर्नु चिन्ताको विषय भएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले ५० लाख भन्दा बढी मानिस बस्ने काठमाडौँ सहर स्वास्थ्यको दृष्टिकोणबाट चिन्ताको विषय भए पनि यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।
‘हिजो ट्विटर स्क्रोल गर्दै जाँदा’वर्ल्ड अफ स्ट्याटस’ भन्ने ट्विटर ह्यान्डलबाट आएको एउटा ट्विटमा आँखा अडिए । त्यसमा विश्वका प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौँको नाम थियो । ५० लाख भन्दा बढी मानिस बस्ने यस सहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय हो तर यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक छ’, ओलीले भनेका छन् ।
साथै उनले काठमाडौँ महानगर पालिकाका प्रमुख, उपप्रमुखले पनि काठमाडौँलाई यसबाट बचाउन पक्कै केही गरिरहे पनि यसमा प्रदेश र सङ्घ सरकारहरूको पनि भूमिका आवश्यक रहेको बताएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend