Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा नेपालको विधान अधिवेशन आज सकिने


    मंगलबार, असार १२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । गत आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिका अनुसार आज सकिने भएको हो।

    आजको बैठकमा मस्यौदा विधान माथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ । गत आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा हिजो १० वटा समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो ।

    उक्त १० वटा समूहबाट समूहगत धारणा राखे पछि अधिवेशनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संशोधनसहित विधान पारित गर्ने कार्यसूची रहेको प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।

    उनका अनुसार प्रस्तावित विधानमा ७० वर्षे उमेर हदको प्रावधान राखिएको, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारीमा दुई पटक भन्दा बढी एउटै पदमा बस्न प्रतिबन्ध लगाइएको, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रीय समिति सदस्य हुन कम्तीमा पाँच वर्ष पार्टी सदस्यता लिएको पाँच वर्ष हुनुपर्ने लगायत प्रावधान राखिएको विधान प्रस्तुत भएको छ । उक्त मस्यौदा विधानमा छलफलका लागि ४ सय २० केन्द्रीय सदस्यसहित करिब ८ सय जना प्रतिनिधिले सहभागिता जनाइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार